☰ open

निलम्बित प्रधानन्यायाधीश जबराले नाम लिएका व्यक्तिलाई पनि सिफारिस समितिले बयान लिने

२०७९ भाद्र २८, मंगलवार १४:२०
media khavar

काठमाडौं, । महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ ।

मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिएका थिए ।

मंगलबारको समितिको बैठकमा सडक जामको कारण देखाउँदै राणा उपस्थित भएका छैनन् । बैठकमा उपस्थित समिति सदस्यहरू समितिको बैठकमा पत्रकारलाई पहुँच दिने कि नदिने भन्ने बारेमा छलफल गरिरहेका छन् ।

समिति बैठकको लाइभ गर्नुपर्ने पक्षमा एमाले रहेको छ भने माओवादी केन्द्रका सांसदले त्यसको विरोध गरेका छन् । छलफलमा एमाले सांसद विष्णु पौडेलले बैठक लाइभ गर्न र पत्रकारलाई पहुँच दिन माग गरेका थिए । यता माओवादी सांसद यशोदा गुरुङले भने माओवादी बैठकको लाइभ गर्ने विषयमा विपक्षमा रहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights