☰ open

पार्टीका नेतालाई माधव नेपालको प्रश्न : सांसदबाट हटेपछि के गर्नुहुन्छ ?

२०७९ भाद्र २९, बुधबार १६:३४
media khavar

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन सुझाव दिएका छन् । राजनीति मात्रै गरेर जीवन नचल्ने भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।

आज पार्टीनिकट समाजवादी सहकारी संगठन नेपालको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले विगतमा एमालेमै छँदा पार्टीका सदस्यहरुलाई व्यवसायमा आवद्ध गराउने अवधारणा अघि बढाएको तर सफल नभएको बताए ।

उनले भने, ‘मैले एमालेमै छँदा एउटा सोच अघि सारेको थिएँ । पार्टीका सदस्यहरुले एउटै ब्रान्डको पसल खोल्ने । अरु आए पनि नआउ पनि एमालेका सबै सदस्यले किने भने पसल मज्जाले चल्यो । तर, मेरो अवधारणा अघि बढ्न सक्ने स्थिति भएन ।’

त्यही अवधारणा अहिले नेकपा एसमा लागू गर्न चाहेको नेपालले बताए । यदि आफ्नो व्यवसाय नभएमा भोलि सांसदबाट हटेपछि रत्नप्रसाद शर्माको हविगत हुने उनले चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights