☰ open

चिनीयाँ नेता ली आज स्वदेश फर्किदै

२०७९ भाद्र ३०, बिहीबार १०:०८
media khavar

काठमाडौं, भदौ ३० गते । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै छन्।

सोमबार नेपाल भ्रमणमा आएका ली आज बिहान विशेष विमानमार्फत स्वदेश फर्किन लागेका हुन्। उनी नेपाल आएलगत्तैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय थिए।

नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights