☰ open

काठमाडौं महानगरभित्रका सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध

२०७९ भाद्र ३०, बिहीबार १०:२८
media khavar

काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेको जानकारी दिएको हो।

महानगरले सार्वजनिक सूचनामा भनिएको छ, ’असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ।’

सार्वजनिक स्थलमा धुमपान गरे सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलवाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिबाना गर्ने महानगरले चेतावनी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights