☰ open

सिट बाँडफाँट मिडियामा आएको जस्तो हुबहु सहमति नभएको माओवादी केन्द्रको दाबी

२०७९ भाद्र ३०, बिहीबार १०:३७
media khavar

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनका दलहरुबीचको सिट बाँडफाँटको विषयमा मिडियामा आएको जस्तो हुबहु सहमति नभएको जनाएको छ । आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकले यस्तो स्पष्ट पारेको हो ।

निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलहरूबीच सकारात्मक दिशामा छलफल भइरहेको तर केही अनलाइन मिडियामा आएको जस्तो हुबहु बाँडफाँट भने नभएको पार्टीका अध्यष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवदीले यसबारेमा अनावश्यक रुपले भ्रमित नहुन पनि आग्रह गरेको छ। समानुपातिक प्रतिनिधित्व सूची पेस गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठकसेर क्षेत्रको बाँडफाँट टुंगो लगाउने समझदारी बनेको माओवादीको दाबी छ ।

त्यस्तै, माओवादीले आजै अनुशासन आयोगका अध्यक्ष कमरेड टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको र थ छलफल गरी आवश्यक निर्णय लिइने जनाएको छ ।

आगामी निर्वाचनमा माओवादीले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरुले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्ट लिस्ट पेस गर्ने, समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहो¥याउने तथा गत स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सम्बन्धित कमिटीले निर्णय गरेकै हुनु पर्ने मापदण्ड पनि तय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights