☰ open

गठबन्धनको बैठक रोकेर समानुपातिक उम्मेदवार छान्नमा केन्द्रीत नेताहरु

२०७९ भाद्र ३०, बिहीबार १५:३२
media khavar

काठमाडौं । समानुपातिक तर्फका आ आफ्ना पार्टीका उम्मेदवार छान्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक ६ दिन रोकेका छन् । गठबन्धनको बैठक रोकेर शिर्सनेताहरु आआफ्नो पार्टीका संसदीय समितिका बैठक र छलफलमा केन्द्रीत भएका हुन् ।

त्यसक्रममा कांग्रेस र माओवादीले बुधबार नै बैठक राखेर समानुपातिक उम्मेदवारका मापदण्ड तय गरेका छन् । साउन २१ गते नै कार्यदल बनाएर सिट बाँडफाँट गर्न तम्सिएका सत्ता घटक दलले झण्डै डेढ महिनासम्म छलफल गरेपनि सिटमा अस्वभाविक दावी नछोडेपछि सहमतिमा पुग्न सकेका छैनन् । भदौ २८ बालुवाटारमा बसेको गठबन्धन बैठकले समेत सहमति जुटाउन नसकेपछि सोही दिनदेखि गठबन्धनको बैठक नै रोकेर आआफ्नो पार्टीका समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा लागेको स्रोतले जनाएको छ ।

सत्तारुढ दल माओवादी केन्द्रले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएपछि असोज ४ गते गठबन्धन बैठक बसेर सिट भागबण्डा टुंगो लगाउने स्पस्ट पारेको छ । सोहीअनुसार गठबन्धनमा रहेका दलहरु आआफ्नो पार्टीका समानुपातिक तर्फका उम्मेदवार छान्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । यसैबीच समानुपातिक सूची बुझाउने मिति नजिकिएसँगै नेताहरुको घरमा आकांक्षीहरुको भीडभाड बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights