☰ open

राष्ट्रियसभा सदस्यहरुले डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए

२०७९ भाद्र ३०, बिहीबार १८:२३
media khavar

काठमाडौं । राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधीहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले भनिन्, ‘देशमा एउटा रोगकै रुपमा डेंगु फैलिएको छ।

डेंगुलाई निराकरण गर्नका लागि खालि पानी जम्न नदिने भनेर मात्रै पुग्दैन। त्यसलाई किटनाशक औषधीहरु छरेर रोग निराकरणका लागि पहल होस् भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु।

यस्तै राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले पनि डेंगु नियन्त्रणमा सरकारले ध्यान नदिएको बताइन्। उनले डेंगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन्।

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले बाढीपहिरो, डेंगु र कोरोनाबाट सिर्जित समस्या समाधानका लागि सरकारले विशेष कदम चाल्नुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights