☰ open

निर्वाचनका लागि अर्थ मन्त्रालयको १८ अर्ब सुनिश्चित

२०७९ भाद्र ३०, बिहीबार १८:३४
media khavar

काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि अर्थ मन्त्रालयले १८ अर्ब रुपैयाँ दिने गरी स्रोत सुनिश्चित गरेको छ । यसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ अर्थले दिनेछ । सोही रकमभित्र रहेर कार्य सुरु गर्न अर्थले आयोगलाई भनेको छ ।

तर आयोगले भने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अर्थमन्त्रालयसँग मागेको थियो । यता सुरक्षा निकायलाई पनि अर्थले १ अर्ब १२ करोड रुपैयाँ सवारी साधन खरिदका लागि दिने गरी खरिद प्रक्रिया अगाडि बढाउन भनिसकेको छ ।

यस्तै, निर्वाचन प्रयोजनका अन्य कार्यका लागि ७ अर्ब ६७ करोड रुपैयाँ दिने अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नेपाल प्रेसलाई जानकारी दिए । मन्त्रालयले सबैले मागे जति रकम भन्दा पनि कति खर्च लाग्छ सो आधारमा स्रोत सुनिश्चित गरिएको जनाएको छ ।

आगामी मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन हुँदैछ । आगामी निर्वाचनका लागि विभिन्न निकायले आफ्ना आफ्नै तरिकाले तयारी गरिरहेका छन् भने यता दलका नेता तथा कार्यकर्ताहरु पनि उम्मेदवारका लागि सिफारिस भइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights