☰ open

नयाँ बानेश्वरको थापागाउँ क्षेत्रमा डोजर चल्यो

२०७९ भाद्र ३१, शुक्रबार १५:०९
media khavar

काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामाथि डोजर चलाएको छ।

महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका अनधिकृत संरचना र पसल हटाउन डोजर चलाएको हो। महानगरका अनुसार ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको हो।

यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले १५ दिन अगाडि आग्रह गरेको थियो। महानगरको निर्णय अटेर गरेको भन्दै आज सो क्षेत्रमा सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights