२०७९ भाद्र ३१, शुक्रबार १५:५२
media khavar
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको घोषणा गरेका हुन् ।
दिउँसो ११ बजेबाट सुरू भएको आजको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको छ ।
भोलिको बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हुनेछ । भोलि मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया