☰ open

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकतर्फको बन्दसूची बुझाउने आज र भोलि

२०७९ आश्विन २, आईतवार ०९:५१
media khavar

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ।

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उमेदवारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने छन्।

दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ। त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights