☰ open

एमालेले टुंगो लगायो समानुपातिकतर्फका उम्मेदवार , सोमबार आयोगमा सूची बुझाउने

२०७९ आश्विन २, आईतवार १८:५६
media khavar

काठमाडौं । आगामी मंसिर ४ गते हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवार सूची टुंग्याएको छ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। २७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ।

एमालेले टुंगो लगाएको सूचीमा ५७ जना महिला रहेको गुरुङले बताए। आदिवासी जनजातितर्फ ३२ जना (१६ महिला र १६ पुरुष), खस आर्यतर्फ ३४ जना (१७ महिला र १७ पुरुष), थारुतर्फ ७ जना (४ महिला र ३ पुरुष), दलिततर्फ १५ जना (८ महिला र ७ पुरुष), मधेसीतर्फ १७ जना (९ महिला र ८ पुरुष), मुस्लिमतर्फ ५ जना (३ महिला र २ पुरुष) गरेर महिला ५७ जना हुने गरेर ११० जना समानुपातिक तर्फको उम्मेदवारहरुको नाम तयार गरेको उनले बताए।

सोमबार आफूहरुले आयोगमा सूची बुझाउने उनले बताए। आयोगले आइतबार र सोमबार समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights