☰ open

समानुपातिकतर्फको बन्दसूची बुझाउने समय आज सकिँदै, पहिलो दिन आयोगमा दुई दलले मात्रै बुझाए

२०७९ आश्विन ३, सोमबार ०९:३३
media khavar

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ।

आज नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले आयोगमा बन्दसूची बुझाउने भएका छन्।

आयोगले तोकेको पहिलो दिन आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए। आइतबार नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights