☰ open

उच्च अदालतको आदेश अवज्ञा गर्दै महानगरले सुरु ग-यो टुकुचा उत्खनन्

२०७९ आश्विन ३, सोमबार १२:४७
media khavar

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो।

महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ।

उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights