☰ open

देउवापत्नी आरजु सुदूरपश्चिमबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत

२०७९ आश्विन ३, सोमबार १५:५२
media khavar

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन् ।

उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो। आरजुलाई खसआर्य महिला डडेलधुरा ठेगाना राखेर सूचीमा समावेश गरिएको कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्ण यादवले जानकारी दिए।

हरेक प्रदेशलाई विभिन्न कलस्टरमा ४० जनाको नाम पठाउने गरिएको निर्देशनअनुसार राणा खसआर्य सूचीमा परेकी हुन्।

राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन्। उनलाई वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए। हाल कैलाली–५ सहित विभिन्न क्षेत्रबाट उनी प्रत्यक्ष निर्वाचनका लागि समेत सिफारिस भएकी थिइन्। तर, उनलाई समानुपातिकमा सुरक्षित गर्ने नीति कांग्रेसले लिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights