☰ open

समानुपातिक उम्मेदवारको बन्दसूची ४८ दलहरुले बुझाए

२०७९ आश्विन ४, मंगलवार ०९:४४
media khavar

काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समय आज (मंगलबार) बिहान ५ बजे सकिएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहानसम्म ४८ वटा दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। तर निवेदन भने ६८ दलले दिएका थिए।

आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights