☰ open

अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेका छौ : प्रधानमन्त्री देउवा

२०७९ आश्विन ४, मंगलवार १८:३७
media khavar

काठमाडौं । प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन्। मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए।

उनले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताए। उनले कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेंगुबाट निधन भएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गरे।

प्रधानमन्त्री देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए। उनले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनैपनि समस्या समाधानका लागि सामुहिक प्रयत्न र सहकार्यको आवश्यक्ता गर्ने उल्लेख गरे। उनले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights