☰ open

झलनाथको दाबी : सय सिटको बाँडफाँटमा सहमति जुटेको छ, भोलि बेलुकासम्ममा सबै टुंगो लाग्छ

२०७९ आश्विन ४, मंगलवार १९:२३
media khavar

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनका दलहरुबीच करिब १०० सिटको बाँडफाँटमा सहमति जुटिसकेको दाबी गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका दलहरुको बैठकपछि खनालले यस्तो बताएका हुन् । उनले भोलि बेलुकासम्ममा सबै टुंगो लागिसक्ने पनि दाबी गरे ।

छलफल सहमित नजिक भएको भन्ने जिज्ञासामा खनालले भने, ‘एकदम सहमति भइराछ । हामी तपाईँरुलाई दिन चाहीँ अलिकति बाँकी हुने भयो तर पनि सहमतिको प्रक्रिया अघि बढिरहेको छ ।’

अरु १०० भन्दा बढी सिट चाहीँ मिलिसक्यो, उनले भने, सय सवा सय सिटमा सहमति भइसक्यो’ । आजको छलफलमा सकारात्मक ढंगले कुरा अघि बढेको र भोलि बेलुकासम्ममा सबै सहमति गरिसक्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights