२०७९ आश्विन ५, बुधबार १३:१७
media khavar

खलङ्गा, । मुगु जिल्लामा फलेको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् ।
“लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भएपछि स्याउ बजारसम्म पु-याउन नसक्दा घरमै थुपारेर राख्न बाध्य भएको किसान बताउछन् ।
स्याउ किसान टक्कबहादुर शाहीका अनुसार सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखिएको छ । उनले भने, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”
यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी भएका थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजारको समस्या छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे
फेसबुकबाट तपाईको प्रतिक्रिया