☰ open

प्रधानमन्त्री देउवाले बोलाए परामर्शका लागि कानुनविद्

२०७९ आश्विन ५, बुधबार १४:५९
media khavar

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहाखुर देउवाले कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उनका अनुसार १५÷२० जना कानुन विद्हरुको प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिने छन् ।

यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights