☰ open

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै हुन्छ : प्रचण्ड

२०७९ आश्विन ५, बुधबार १६:०७
media khavar

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)ले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजानेबारे छलफल भइरहेको बताए ।

आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतमा कानूनी लडाइ लड्नेबारे अधिवक्ताहरूसँग छलफल भइरहेको समेत बताए । उनले राष्ट्रपतिको कदम लोकतन्त्र,संविधान र गणतन्त्रविरुद्ध रहेको आरोप समेत लगाएका छन् ।

उनले सडकमा युवा विद्यार्थी आन्दोलित भइरहेको बताए । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार अदालतमा रहेकाले आफूहरू अदालतमा जाने प्रचण्डले बताए ।

राष्ट्रपतिविरुद्ध कानूनी उपचारका लागि सर्वोच्च अदालत जान सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल थालेको छ । आजै प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनआबद्ध वरिष्ठ अधिवक्ता र संविधानविद्हरुलाई छलफलका लागि बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights