☰ open

प्रेम आलेलाई डोटी छोड्न तयार भए कांग्रेस नेता बलायर

२०७९ आश्विन ५, बुधबार १७:५२
media khavar

काठमाडौं । कांग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएका छन् । २०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका थिए । आले हाल एकीकृत समाजवादीमा छन् । अघिल्लो स्थानमा आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए ।

स्थानीय तहको मतमा कांग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए ।यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् । कैलाली ४ मा उम्मेदवार बन्न लागेको बलायरले अनलाइनखबरसँग बताए ।

‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने । आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् ।

क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा. लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । बलायर कांग्रेसका सुदूरपश्चिम सभापति समेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights