☰ open

आयोगले खटायो १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत

२०७९ आश्विन ६, बिहीबार ०९:०७
media khavar

काठमाडौं, । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।

अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ । मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ ।

यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रतक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights