☰ open

साइनबोर्ड राखेवापतको कर ३० दिनभित्र बुझाउन महानगरको निर्देशन

२०७९ आश्विन ७, शुक्रबार १३:२१
media khavar

काठमाडौं । काठमाडौं महानगरिपालिकाले परिचयपाटी (साइनबोर्ड) राखेवापतको कर ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

‘महानगर क्षेत्रभित्र व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाले आफ्नो कार्यस्थल बाहिर राखी आएको परिचयपाटी (व्यक्ति व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको) राखेवापतको महानगरलाई बुझाउनुपर्ने परिचयपाटी वापतको शुल्क नबुझाएको पाइएकोले ३० दिनभित्र सम्बन्धित वडा कार्यलयमा गई बुझाउन सम्बन्धीत सबैलाई जानकारी गराइएको छ,’ महानगरले शुक्रबार एक सूचना प्रकाशित गर्दैर् भनेको छ ।

उक्त अवधिमा परिचयपाटी शुल्क नबुझाउने वा तोकिएको साइजभन्दा ठुला राखेको पाइएमा त्यस्तो सूचना पाटी महानगरले तत्काल हटाउने जनाएको छ ।

यस्तो सूचनापाटीको लागि ६ वर्गफिटसम्मको लागि वाषिर्क ५०० रुपैयाँ शुल्क लाग्ने महानगरले जनाएको छ । त्यस्तै १५ वर्गफिटसम्मको लागि १५०० रुपैयाँ १५ देखि ३० वर्गफिटसम्मको लागि प्रतिवर्गफीट १ हजारको दरले शुल्क लाग्ने जनाएको छ । ३० वर्गफिटभन्दा माथिको भने बोर्ड राख्न नपाइने महानगरको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights