☰ open

सुदूरपश्चिममा शुभारम्भ भयो बीमा समितिको कार्यालय

२०७९ आश्विन ७, शुक्रबार १७:५६
media khavar

धनगढी, । बीमा समितिले सुदूरपश्चिम प्रदेशको धनगढीमा आफ्नो कार्यालय शुभारम्भ गरेको छ । बीमाको पहुँच अभिवृद्धिका लागि समितिले शुक्रबारबाट कार्यालयको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलार्य सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याउनुभयो ।

उहाँले स्थानीयहरुका बीमा दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि आईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।”

उहाँका अनुसार देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । “अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ”, मन्त्री शर्माले भन्नुभयो, “यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट अलि टाढाजस्तो छ ।”

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै क्षेत्रमा यो बीमा जानु पनि जरुरी छ ।”

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights