☰ open

चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा गर्न रोक , खुलामञ्चमा पार्किङको व्यवस्था

२०७९ आश्विन ८, शनिबार ०९:५८
media khavar

काठमाडौं । आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ। असोज ८ गतेदेखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो।

कार्यालयले चाडपर्वको समयमा हुने चाप घटाउन सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको बताएको छ। ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन आग्रहसमेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights