☰ open

मेलम्चीमा ह्युमपाइप राखेर सडक सञ्चालनकाे तयारी

२०७९ आश्विन ९, आईतवार १०:५३
media khavar

सिन्धुपाल्चोक, । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा बाढीले पुल बगाएपछि सोही स्थानमा ह्युमपाइप राखेर सडक सञ्चालन गरिन लागिएको छ ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले चाडपर्व नजिकिएपछि आवतजावत गर्न सहजताका लागि नदीमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्न काम थालिएको जानकारी दिए । अहिले ह्युमपाइप राखिने काम धमाधम थालिएको छ । त्यसैसरि इन्द्रावती नदीमा पनि ह्युम पाइप राखेर सडक सञ्चालन गर्ने उनले बताए ।

ह्युमपाइप राखेर सडक सञ्चालन भएपछि दुवा चौर, केउरनी, बरुवा, शेर्माथान आउजाउमा सहज हुने र मेलम्ची तिपेनी भोताङका साथै सदरमुकाम पुग्ने चौतारा नवलपुर सडकमा सहजै आउजाउ गर्न सकिने मेयर तामाङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights