☰ open

हिमपहिरोमा परी एक जनाको मृत्यु, ९ जना घाइते, दुईको अवस्था गम्भीर

२०७९ आश्विन १०, सोमबार १९:५४
media khavar

काठमाडौं, । गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमवार हिमपहिरो गएको छ। पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। नौ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको सामागाउँमा रहेका पर्यटन बिभागकी सम्पर्क अधिकृत यशोदा अर्यालले बताईन।

सोमबार करिब १२ बजेतिर झरेको पहिरोमा परि एक नेपाली नागरिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। ति ब्यक्तिको पहिचान भने हुन बाँकी छ।

‘पहिरोमा १२ जनाको टोली परेको रहेछ, नौ जना घाइते भए, दुई जना शकुसल रहेकाहरुले हिउँपहिरोबाट घाइतेको उद्धार गर्नुभयो’ उनले भनिन्। ‘घाईते मध्ये दुई जना गम्भिर अवस्था भएकालाई हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौँ पठाइएको छ।’ उनीहरुको काठमाण्डौँमा उपचार भईरहेको छ। अन्य सात जना घाइते हिउँमै छन्।

अर्यालका अनुसार सिम्रिक यएरको हेलिकप्टरले दुईजना घाइतेलाई दुई पटकमा उद्धार गरेको थियो। ति घाइतेलाई सामागाउँबाट भने कैलाश एयरको हेलिकप्टरले काठमाण्डौँ लगेको उनले बताईन।

मौसम प्रतिकुल हुँदा उद्धारमा भने कठिनाई भएको छ। उद्धारका लागि कैलाश, हेलि एभरेष्ट र सिम्रिक एयरलाईन्सका हेलिकप्टर उडेका थिए। ‘आठ नौ पटक उँड्दा पनि रेस्क्यू गर्न सकेनन्’ सम्पर्क अधिकृत अर्यालले भनिन्। बेस क्याम्पबाट पनि शेर्पाहरु घाइतेको उद्धारका लागि ‘क्याम्प थ्रि’ तर्फ गएका छन्। अहिले मनास्लु बेस क्याम्पमा तीन÷चार सय बिदेशी र पाँच सय हाराहारी शेर्पाहरु रहेको उनले बताईन्।

मनास्लुको तेस्रो र चौँथो शिविरको बिचमा पहिरो गएको हो। दिनभर बादल लागेकाले हेलिकप्टर उडाउन समस्या भएको दुईजना घाईतेको उद्धार गरेका सिम्रिक एयरलाईन्सका क्याप्टेन सुरेन्द्र पौडेलले बताए। ‘क्याम्प थ्रि तिर मौसम ठिकै थियो तर तल तिर बादल लागेर दिनभर उड्न समस्या भयो’ क्याप्टेन पौडेलले भने ‘उद्धार गर्न सहज भएन, अहिले सामागाउँमै बसेका छौँ ।’ मंगलबार बिहान मौसम खुलेपछि उद्धार गरिने उनले बताए।

पहिरोमा फसेकाहरुको शेर्पाहरुले उद्धार गरेका थिए। हेलिकप्टर पटक पटक उद्धारका लागि आउँदै फर्कँदै गरेको मनास्लु बेसक्याम्पमा रहेकी आरोही पूर्णिमा श्रेष्ठले बताईन्। केहीदिन अघिदेखि नै मनास्लुमा हिमपहिरो झर्न थालेको थियो। बेस क्याम्पमा रहेका र पहिलो, दोस्रो, तेस्रो आधार शिविरका अन्य सबै शकुसल छन्।

‘हिजोआज हिउँ धेरै परेको छ, म पनि आरोहण गर्न सकिन्, क्याम्प ३ मा तीन दिन सुतेर फर्किनुप¥यो’ मनास्लु आरोहण गर्न पुगेकी आरोही पूर्णिमा श्रेष्ठले भनिन्। हिउँ धेरै पर्ने, पहिरो बग्ने, बाटोहरु पुरिने हुँदा आरोहीहरुलाई समस्या भएको उनले बताईन। किलर माउण्टेन भनेर चिनिने मनास्लु आठ हजार एक सय ६३ मिटर अग्लो छ। यो मनास्लु हिमाल आरोहणको मुख्य सिजन हो।

मनास्लु हिमाल आरोहणका लागि कति जनाले अनुमती लिए ? कहिले को आरोही जाँदैछन् भन्ने बारेमा जिल्लामा भने कुनै जानकारी हुँदैन। ‘जिल्लामा सबै बिवरण नहुँदा दुर्घटनाका बेला सहजिकरण गर्न, उद्धार गर्न समस्या हुने रहेछ’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने। चार्टर फ्लाईटको जानकारी दिइएपनि कहिलेकाँही फ्लाईट यकिन समयमै नहुँदा कति जना मनास्लु गए, कुन दिन गए भन्ने तथ्याङ्क राख्न समस्या भएको उनले बताए। यसअघि सन् २०१२ मा पनि मनास्लुमा हिउँ पहिरो गएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights