☰ open

विवेकशील साझा पार्टी र राप्रपाले भाेली पार्टी एकता गर्ने

२०७९ आश्विन १०, सोमबार २०:१६
media khavar

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवेकशील साझाको एउटा घटकसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग लामो समयदेखिको छलफललाई राप्रपाले टुंगोमा पु¥याएको हो ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने निर्णय लिएको एक नेताले जानकारी दिए । उनका अनुसार सम्भवतः भोलि नै दुई पक्षबीच सम्झौता हुने छ ।

‘उहाँहरु तयार नै हुनुहुन्थ्यो, हाम्रो तर्फबाट पनि आज टुंगिएको छ । अध्यक्षले आजै रवीन्द्रजीसँग कुरा गरेर सम्भवतः भोलि एकता हुन्छ,’ ती नेताले भने ।

यसअघि मिश्रलाई अध्यक्षभन्दा दोस्रो वरियतामा रहने गरी सहअध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर, राप्रपाभित्र त्यसमा सहमति हुन सकेन । अहिले वरिष्ठ उपाध्यक्ष बनाउन भने सबैजना तयार भएका छन् । आजको बैठकमा कसैले पनि विमति नराखेको स्रोतको भनाइ छ ।

मिश्रसँगै विवेकशील–साझाबाट कति नेताहरू आउँछन् भन्ने प्रष्ट भएको छैन । तर, हालको केन्द्रीय समितिको झण्डै आधा हिस्सा आफूले ल्याउन सक्ने मिश्रको आशा छ । मिश्रसँग आउने अन्य नेताहरूको जिम्मेवारी पछि टुङ्ग्याइने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights