☰ open

महानगरको अनुगमन : सरकारी कार्यालयको गोदाममै भेटियो उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री

२०७९ आश्विन ११, मंगलवार १४:४१
media khavar

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको बताए ।

‘अरुवा मकवानपुरे चामलमा म्याद सकिने मिति २ वर्ष लेखिएको छ तर उत्पादन मिति लेखिएको छैन । अरु सामग्रीमा पनि त्यस्तै छ, ब्याज नम्बर लतरपतर छ । स्टोरमा भएका सामानहरुको म्याद गुज्रिने मिति नजिकै छ ।’

उनले उपभोक्ताको विषयमा सरकार नै जिम्मेवार नभएको बताए । ‘सरकारी संस्थाको हालत यस्तो छ । सधैं हाम्रो प्रश्नमा पन्छिने काम मात्रै गर्छ । उपभोक्ता प्रति अलि गम्भीर हुनुपर्ने हो तर त्यस्तो छैन । ’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशकी प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले जानी जानी अहिलेसम्म नबेचेको बताइन् । उनले कतिपय सामान गोदाममा राख्दा मिति नभएको हुनुसक्ने स्वीकार गर्दै सच्याउने बताइन् । गोदाममा सामाग्री राख्दा आगमी दिनमा अझै ध्यान दिने उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights