☰ open

कांग्रेसको भाग खोसिए प्रचण्डविरुद्ध उम्मेदवार दिने नेता घिमिरेको चेतावनी

२०७९ आश्विन ११, मंगलवार १६:२२
media khavar

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसको भाग खोसेर माओवादीलाई सीट दिने हो भने देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवारी हुन सक्ने चेतावनी दिएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै शेखर कोइराला समूहको नेता घिमिरेले यदि मोरङ क्षेत्र नम्बर ४ माओवादीलाई दिइए आफू चितवनमा प्रचण्डविरुद्ध उम्मेदवार बन्ने बताए ।

घिमिरेले भने– गठबन्धनको मुख्य घटक एउटा माओवादी हो । सीट बाँडफाँट गर्दा जुन आधार अपनाइएको छ यसबाट हामीमाथि अन्याय हुने देख्यौँ । मै लड्ने तयारी गरेको मोरङ ४ कांग्रेसको वर्चस्व रहेको क्षेत्र माओवादीलाई दिने सहमति भयो रे । यसरी कांग्रेसको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न किन नजाने रु उहाँले हाम्रो भाग खोस्नुहुन्छ भने उहाँसँगै लड्ने जाने हो ।

घिमिरेले १४ गते सम्म समानुपातिक सूची सच्याउने अल्टिमेटम दिइएको र त्यसबीचमा सहमति नभए विद्रोहको चरणमा जाने बताए ।

उनले त्यो विद्रोह देशव्यापी हुने चेतावनी समेत दिए । उनले आफूहरूको खबरदारी शेरबहादुर देउवालाईमात्र नभएर सबै पदाधिकारी तथा शेखर कोइरालालाई पनि भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights