☰ open

सेयर बजारमा नेप्से १५ अंकले वृद्धि

२०७९ आश्विन ११, मंगलवार १६:२९
media khavar

काठमाडौं, । सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ।

६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ। मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ। होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन्।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights