☰ open

आजै राप्रपामा प्रवेश गर्दै रवीन्द्र मिश्र

२०७९ आश्विन १२, बुधबार १०:२४
media khavar

काठमाडौं, । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन् । राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन । कार्यक्रम आज दिउँसो १ बजे हुँदै छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रहेका मिश्रले यसअघिनै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बाहिरिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights