☰ open

सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

२०७९ आश्विन १२, बुधबार १०:३४
media khavar

मुलपानी, । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेको गाडी दुर्घटनामा परेको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ जाँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट वडा नम्बर ३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दामोदार केसीका अनुसार आठै जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उहाँका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् ।

जिपमा आठ पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सल्यान अस्पताल लगिएको छ । दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights