☰ open

अध्यक्ष शाहीको सुझाव : गठबन्धनले चुनाबमा जानूभन्दा अगाडी साझा दृष्टिकोण र कार्यक्रम ल्याओस

२०७९ आश्विन १२, बुधबार १३:१६
media khavar

काठमाडौं, । नेकपा एकीकृत समाजवादी निकट युवा संघका अध्यक्ष नरेशकुमार शाहीले चुनाबमा जानूभन्दा अगाडी गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । गठबन्धनका नेताहरुले न्युनतम साझा कार्यक्रमको नितिगत अपिल सार्बजनिक गर्नु पर्ने अध्यक्ष शाहीको सुझाव छ ।
गठबन्धनका नेताहरुले औपचारिक र अनौपचारिक भेटघाटहरुमा सुझाबको रुपमा भनिएकै बिषय हो, उनले भने, गठवन्धनले निम्न बिषयहरुमा साझा दृष्टिकोण र कार्यक्रम ल्याओस भन्ने मेरो सुझाब हो,

समाजिक संजाल फेसबुकमार्फत उनले भनेका छन्, गठबन्धन रणनीतिक र राजनीतिक कार्यक्रमिक मोर्चा हो वा राजनीति सैद्धान्तिक मोर्चा हो ? गठबन्धन चुनाव सम्म मात्रै हो वा सरकार निर्माण र सञ्चालन सम्म पनि हो ?

गठबन्धन गर्नै पर्ने परिस्थिति के हो ? र किन बन्यो, यसले लोकतन्त्र, संसदीय व्यवस्था र नेपालको संविधानको रक्षा र बिकासमा के योगदान गर्छ ?

गठबन्धनले आन्तरिक दलिय लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, स्वयं दलहरुको पारदर्शिताको सवालहरुमा के योगदान गर्छ ? चुनाब जिते र सरकार बनाएपछी शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सुरक्षा, बिकास, रोजगारी, अर्थ व्यवस्था, भ्रष्टाचारको अन्त्य र सुशासन, सेवा प्रबाह र मूल्य वृद्धिको नियन्त्रणका सम्बन्धमा नितिगत ब्यवस्था के हुन्छ ? र यी क्षेत्रमा कसरी कामहरु गरिन्छन ?

देशको समग्र अर्थ निति कस्तो हुने हो, उत्पादन र बितरणलाइ समन्यायिक कसरी बनाइन्छ ? परराष्ट्र नीति र अन्तरास्ट्रिय सम्बन्धको ब्यबहारिक पक्ष कस्तो हुन्छ ? देशको सार्बभौमसत्ता, राष्ट्रिय अखण्डता र भु–सुरक्षा खासगरी दुई छिमेकी (भारत र चिन) सँगको सम्बन्ध र पछिल्लो समयमा अमेरिकीहरुको अस्वभाविक गतिविधिहरु प्रति गठबन्धनको दृष्टिकोण के हो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights