☰ open

काँग्रेस नेता डा.कोईराला पक्षको चियापान कार्यक्रम

२०७९ आश्विन १३, बिहीबार १३:२६
media khavar

काठमाडौं, । नेपाली काँग्रेसको डा. शेखर कोईराला पक्षले चियापान कार्यक्रम गरेको छ । बिहीबार काठमाडौँको एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित थिए।

कोइराला पक्षले पार्टीको आन्तरिक एकता, समान अवसर र न्याय हुनुपर्ने माग राख्दै आएको छ। कोइराला पक्षधरले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा समानुपातिक तर्फको बन्दसूची आयोगलाई बुझाएको आरोप लगाउँदै समुचित न्याय हुनुपर्ने माग राख्दै आएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो। पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आइरहेको छ। कोइराला पक्षले चियापान कार्यक्रमलाई पनि विरोधकै कार्यक्रमको रुपमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights