☰ open

एमालेलाई हराउने तागत गठबन्धनमा छैन : काँग्रेस नेता परियार

२०७९ आश्विन १३, बिहीबार १३:४४
media khavar

काठमाडौं । नेपाली काँग्रेसका नेता धर्म परियारले नेपाली काँग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित डा शेखर कोइराला पक्षको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझै पनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे।

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको उनले आरोप लगाए।

उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली काँग्रेस २५ सिटमा खुम्चिनसक्ने बताए। केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने विरोधको विकल्प नभएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights