☰ open

गठबन्धनलाई भत्काएर बालकोट पुगे उपेन्द्र, आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना

२०७९ आश्विन २०, बिहीबार १८:१८
media khavar

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला गठबन्धनको एक मुख्य घटक जसपा अध्यक्ष उपेन्द्र यादव भने बालकोट पुगेका छन् ।

अपराह्नदेखि एमाले र जसपाबीच चलेको वार्ता सहमति उन्मुख भएको बालकोट स्रोतले जनाएको छ । यसअघि नै जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने अनौपचारिक सहमति भइसकेको थियो ।

सोही अनौपचारिक सहमतिलाई औपचारिकता दिन दुई पक्षबीच छलफल भएको बताइएको छ । ‘बालुवाटारमा गठबन्धने उपेन्द्रलाई कुरिरहेको होला तर कुरेको कार्यै हुने अवस्था छ’ स्रोतले भन्यो ।

गठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिइएपछि यादव एमालेसँग संवादमा थिए । आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights