☰ open

गोरखा २ मा प्रचण्डसहित १३ जनाको उम्मेदवारी

२०७९ आश्विन २४, सोमबार १०:३७
media khavar

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित १३ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतबार दिउँसो तामझामले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेको तर्फबाट सिरानचोक ३ का अब्दुस मियाँले उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बिपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट सुशीलबाबु पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्यले उम्मेदवारी दिएका छन्। हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोल नेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङले उम्मेदवारी दिएका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, काठमाण्डौँ महानगरपालिका ३२ कि डाक्टर माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्। भट्ट नेपाली कांग्रेस निकट हुन्।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नेपाल समाजवादी पार्टी (गठबन्धन) बाट फणिन्द्र देवकोटा, नेकपा एमालेबाट राजु राना, नेमकिपाबाट बेलबहादुर बस्नेत, राप्रपाबाट राजेन्द्र शाह, मंगोलनेशनल अर्गनाईजेशनबाट बिपिका बलराम गुरुङ, नेकपा एकीकृत समाजवादीबाट जुद्धबिलास भण्डारी, राप्रपा नेपालका सुबोध बस्नेत, हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेदवारी दिएका छन्।

यस्तै गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका हरिशरण आचार्यले क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। बिलबहादुर तामाङ सहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेस (गठबन्धनका) सुरेन्द्रराज पाण्डे, नेकपा एमालेका बसन्तकुमार गुरुङ, राप्रपाका ठाकुर भट्ट, राप्रपा नेपालका सफिदिन मियाँ, मंगोलनेशनल अर्गनाईजेशनका रामबहादुर घले र अजिरकोट ५ का हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उक्त प्रदेशमा ६ जनाले उम्मेदवारी दिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights