☰ open

गोरखामा चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र दिदै दाहाल

२०७९ आश्विन २४, सोमबार ११:००
media khavar

काठमाडौं, । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाएका छन्।

आइतबार उम्मेदवारी दर्ता गराएर गोरखा सदरमुकाममा बसेका उनले बिहानैदेखि होटल गार्डेनमा भेटघाट गर्न थालेका हुन्। गोरखामा उपलब्ध माओवादी केन्द्रका केन्द्रिय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीसँग भेटघाट गरेका छन्।

त्यसलगत्तै सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेस, नेपाल समाजवादीका उम्मेदवार जिल्ला नेतासँग दाहालले भेटघाट एवं छलफल गरेका थिए। भेटघाटमा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईसहित गठबन्धनको तर्फबाट चारवटै प्रदेशसभाका उम्मेदवारहरु कृष्ण धिताल, नन्दप्रसाद न्यौपाने, फडिन्द्र देवकोटा, सुरेन्द्रराज पाण्डेसहित पार्टीका नेताहरु सहभागी थिए।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि भेटघाटमा सहभागी छन्। भेटघाटमा चुनावी योजना र कार्यक्रमको बारेमा छलफल भएको एक नेताले बताए।

चुनावी सन्र्दभमा गोरखाका सुरक्षा प्रमुखहरुसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights