☰ open

सन्दीपलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

४ वर्ष

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान लागि थप ५ दिनको म्याद थप गरेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले बताए । यसअघि पहिलोपटक २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया