☰ open

सन्दीप प्रकरण : अधिवक्ता सुधा अदालतमा आज किन देखिइनन् ?

२०७९ आश्विन २७, बिहीबार १३:२८
media khavar

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीका दुईवटा जन्मदर्ता रहेको भनेर विवादमा आएकी अधिवक्ता सुधा रिजाल बिहीबार काठमाडौं जिल्ला अदालतमा देखिइनन् । प्रहरीले बिहीबार सन्दीपलाई जिल्ला अदालत ल्याएर म्याद थपेको थियो । त्यसपछि सञ्चारकर्मीहरुसँग बोल्ने कानुन व्यवसायीको टोलीमा अधिवक्ता सुधा नदेखिएकी हुन् ।

गत आइतबार सन्दीपलाई पहिलोपटक अदालत उपस्थित गराउँदा रिजालले सन्दीपको मुद्दा आफूले सुरुदेखि हेरेको दाबी गर्दै आरोप लगाउने युवतीका नाममा दुईवटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको प्रमाण आफूसँग भएको बताएकी थिइन् ।

तर, हाल सन्दीपको कानून व्यवसायी टोलीमा ‘लिड’ गरिरहेका सरोजकृष्ण घिमिरेले पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता रहेको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।

रिजालले एक्कासि दुईवटा जन्मदर्ताको विषय निकालेको र टीममा त्यसबारे कुनै छलफलसमेत नभएको भन्दै त्यसलाई वेवास्ता गर्न अधिवक्ता घिमिरेले आग्रह गरेका थिए । स्रोतका अनुसार अनावश्यक बोलेर विवाद सृजना गरेको भन्दै सन्दीप र उनको परिवारले अधिवक्ता सुधालाई बाहिर नबोल्न आग्रह गरेका छन् ।

बिहीबार अधिवक्ता रिजाल अदालत नआएको विषयमा घिमिरेले केही बोल्न चाहेनन् । तर, दुईवटा जन्मदर्ताका विषयमा टीमले अनुसन्धान गरिरहेको बताए । सन्दीपलाई पहिलोपटक ७ दिन र दोस्रोपटक ५ दिनको थुना म्याद दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights