☰ open

मधेस प्रदेशका मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरे

२०७९ आश्विन २८, शुक्रबार १४:५९
media khavar

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

जसपाबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव,कांग्रेसबाट महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई बर्खास्त गरेका हुन् ।

बर्खास्त गर्नुअघि मुख्यमन्त्री राउत तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए ।भौतिक पूर्वाधारमन्त्री यादवलाई मुख्यमन्त्री राउतले हिजो फोन गरेर राजीनामा दिन भनेका थिए । उनीहरु तीनै जना २०७८ जेष्ठ अन्तिम साता मन्त्री बनेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो जसपाका चार मन्त्रीलाई हटाएको बदला जसपाले मधेस प्रदेशमा लिएको हो । सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई नहटाउने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights