☰ open

चार वस्तुमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

२०७९ आश्विन २८, शुक्रबार १५:४९
media khavar

काठमाडौं । सरकारले चार वस्तुमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषदका निर्णय सुनाउँदै सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिबन्ध लम्बिएको जानकारी गराए ।

गएको वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लागेको थियो ।

विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै आियात प्रतिबन्ध लगाएको सरकारले चार वस्तुको आयात प्रतिबन्ध कायमै राखेको छ ।
निजी गाडी, ३ सय डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा आयातमाथि प्रतिबन्ध यथावत राखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights