☰ open

मनसुनका १०० दिन : विपद्बाट १०७ जनाले गुमाए ज्यान, ४९ जिल्ला प्रभावित

२०७९ आश्विन २८, शुक्रबार १७:३२
media khavar

काठमाडौं, । नेपालमा मनसुन शुरू भएको एक सय दिनमा ४९ जिल्ला विपद्बाट प्रभावित भएका छन् । ति जिल्लाले मानवीय क्षति र धनमालमासमेत क्षेती व्यहोरेको छ । ति जिल्लामा विपद्बाट मात्रै सो दिनमा १०७ जनाले ज्यान गुमाका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएको भदौ २७ गते विहिबार एक सय दिन पुरा भएको छ । सो समयमा ५१२ स्थानमा घट्ना घटेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ र सर््पदंशजस्ता ५१२ वटा घटनाबाट १०७ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । त्यस्तै १९३ जना घाईते भएका छन् ।

सो घटनाबाट ६४३ परिवारलाई प्रत्यक्ष प्रभाव परेको स्रोतले जनाएको छ । सबैभन्दा बढी चट्याङ्गबाट ४६ जनाको मृत्यु भएको छ भने १३० जना घाईते भएका प्रधिकरणले जनाएको छ ।
अविरल वर्षा र बाढी–पहिरोबाट ४६ जनाको मृत्यु भएका छन् । त्यस्तै ६१ जना घाईते भएका छन् भने ११ वेपत्ता भएको स्रोतले जनाएको छ ।
यसबीचमा ५ हजार ४ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights