☰ open

शताब्दी पुरूष सत्यमोह जोशीको निधन

२०७९ आश्विन ३०, आईतवार ०९:०७
media khavar

काठमाडौं,। शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको उहाँकी भतिजी देवकी श्रेष्ठले जानकारी दिनुभयो ।

‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने खबर आयो । हामी अस्पताल पुग्दा उहाँलाई भेट्न सकेनौँ’, भतिजी देवकी श्रेष्ठले भन्नुभयो, ‘‘ठ्याक्कै समय त थाहा भएन बिहान सात बजेतिर उहाँको निधन भएको हो ।’’

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी ९आकस्मिक कक्ष० मा भर्ना गरिएको थियो । सोही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो ।

एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको चिकित्सकले बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights