२०७९ आश्विन ३०, आईतवार ०९:२१
media khavar

पोखरा । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान सम्पन्न दौडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०।३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते ।
उनले सन् २०१४ को एसियन गेम्समा गोपीले बनाएको ३० मिनेट ३०।९९ सेकेण्डको कीर्तिमान ब्रेक गरे । यसअघि कीर्तिमान राखेका गोपीले रजत जिते । उनले ३० मिनेट ३८।३२ सेकेण्डमा पूरा गरे ।
आर्मीका गजेन्द्र राईले निर्धारित दुरी ३० मिनेट ४९।५० सेकेण्डमा पूरा गर्दै कास्य जिते ।
फेसबुकबाट तपाईको प्रतिक्रिया