☰ open

शताब्दी पुरुष जोशीको निधन प्रति एमाले अध्यक्ष ओलीको दुःख व्यक्त

२०७९ आश्विन ३०, आईतवार ०९:४६
media khavar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधन प्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ओलीले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन् ।

‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ’उनले लेखेका छन्, ‘अलविदा शताब्दी पुरुष हार्दिक श्रद्धासुमन परिवारजनमा गहिरो समवेदना ।’

उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज विहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो । जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights