☰ open

जोशीको निधनले मुलुकले एक अभिभावक गुमाएको छ : राष्ट्रपति

२०७९ आश्विन ३०, आईतवार १०:०७
media khavar

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शाताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकले एक अभिभावक गुमाएको बताएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकोमा पीडाबोध भएको बताएकी हुन् । जोशीका प्रेरणाको स्रोत रहेको समेत भण्डारीले उल्लेख गरेकी छन् ।

‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ उनले लेखेकी छन्, उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights