☰ open

त्यतिबेला जुम्ला हनुमानढोकादेखि ९६ कोश टाढा थियो

२०७९ आश्विन ३०, आईतवार १०:२३
media khavar

काठमाडौं । त्यतिबेला जुम्ला सदरमुकाम खलङ्गामा अवस्थित शिलालेखमा कोरिएको जानकारीअनुसार जुम्लादेखि काठमाडौको हनुमानढोका ९६ कोश टाढा थियो । तर सामान्य जनताका निम्ति बाह्य संसारबाट जुम्ला पुग्ने सबैभन्दा छोटो बाटो नेपालगन्जबाट पैदल उकालो लाग्नु थियो ।

सो बखत जुम्लेलीको मुख्य बजार बाँकेको नेपालगन्ज थियो, जहाँ पुग्न जुम्लादेखि ११ दिन जति पैदल यात्रा गर्नुपर्दथ्यो भने भारीसहित फर्कंदा १४ दिन जति लाग्थ्यो । पाँच सदस्य रहेको हाम्रो कर्णाली अध्ययन टोलीले काठमाडौंबाट जुम्ला सदरमुकाम पुग्न त्यस्तो कठिन यात्रा गर्नुपरेको थिएन ।

त्यति बेला त्रिभुवन विश्वविद्यालयमा कार्यरत समर इन्स्टिच्युट अफ लिड्गुइस्टिक्स नामक विदेशी संस्थासित रहेको सानो हवाईजहाज भाडामा लिएर हामी काठमाडौंबाट सिधैं जुम्लाको सदरमुकाम खलङ्गा पुगेका थियौं । त्यसपछि त्यहाँको दुर्गमताको कठोरता र सो दुर्गमताले सिर्जना गरेको अन्तर्मुखी प्रवृत्ति हामीलाई सर्वथा नौलो अनुभूति भएको थियो । त्यसले हाम्रो अन्वेषणको परिवेशलाई परिभाषित गरेको थियो ।

जुम्ली समाजसित पहिलो साक्षात्कार स् गैरजुम्ली सबै गोर्खाली

त्यतिबेला बाहिरबाट जुम्ला जाने मान्छे सरकारी कर्मचारी हुन्थे । उनीहरूले विगतमा गोर्खाली शासकको प्रतिनिधित्त्व गर्दथे । त्यसैले, लगभग दुई शताब्दी पहिले जुम्ला गोर्खा राज्यमा विलीन हुँदाको अवस्थालाई स्मरण गराउने प्रतीकका रूपमा ती कर्मचारीहरूलाई गोर्खाली भनिन्थ्यो । सबै कर्मचारी गोर्खाली, सबै गोर्खाली कर्मचारी ।

२०१८ सालमा नेपाल ७५ जिल्लामा विभक्त हुनुभन्दा पहिले जुम्ला जिल्ला हालको कर्णाली अञ्चल र धवलागिरि अञ्चलको डोल्पा जिल्लामा फैलिएको थियो । त्यति बेला जुम्लालाई औपचारिक रूपमा नदी उपत्यकाका आधारमा विभाजन गरिएको थियो जसलाई दरा भनिन्छ । जुम्ला जिल्ला त्यति बेला १८ दरामा विभक्त थियो, जस्तै सिन्जादरा, मुगुदरा र कालदरा आदि ।

ती दरा निवासीलाई ती दराकै नामबाट उल्लेख गरिन्थ्यो, जस्तै सिजाल, मुगाल, रकाल आदि । त्यसैले, त्यति बेला जुम्लाका रैथाने संसारमा मानिस दुई किसिमका मात्र हुन्थे‚ या त विभिन्न दरा निवासी छिमेकी, या त गोर्खाली । त्यति बेला नेपाल राजकीय प्रज्ञा(प्रतिष्ठानका शोधकर्ताको छुट्टै अस्तित्व थिएन । ती पनि गोर्खाली नै भएका थिए ।

– जोशीको कर्णाली लोक संस्कृति –१, इतिहासु पुस्तकबाट । यो पुस्तक २०२८ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो । २०७८ सालमा सोसल साइन्स बहाका लागि हिमाल किताबले पुनस् प्रकाशन गरेको छ । राजकीय प्रज्ञा प्रतिष्ठानले २०२७ सालमा विभिन्न फाँटका विद्वान्‌हरुलाई देशका विभिन्न स्थानमा अनुसन्धानका लागि पठाएको थियो । सोही क्रममा २०२७ सालको जेठ र असार महिनामा जोशीसहितको पाँच सदस्यको टोली९प्रदीप रिमाल, डा। चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह र सत्यमोहन जोशी० ५० दिने अनुसन्धानमा कर्णाली पुगेका थिए । सोही अनुसन्धानपछि जोशीले यो पुस्तक लेखेका थिए । पुस्तकले २०२८ सालमा मदन पुरस्कार पाएको थियो । कान्तिपुर दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: